पानी पार्न महिलाले नाङ्गै हलो जोते
August 20th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
लामो समयदेखि वर्षा नभएर खडेरी परेपछि पानी पार्नका लागि कपिलवस्तुका विभिन्न गाउँका महिलाले खेतमा सर्वाङ्ग नाङ्गै हलो जोतेका छन् । उनीहरुले शुक्रबार राति आ-आफ्नो खेतमा गएर नाङ्गै हुँदै हलो जोतेको स्वससेले जनाएको छ।
साउन महिना भरी पानी नपरेर रोपेको धान समेत सुकेर, खेत पटपटी फुटेर किसानलाई छटपटी भएका बेला पानी पार्नका लागि शिवालयमा दूध चढाउने, अखण्ड भजन-कीर्तन गर्ने गर्दा पनि वर्षा नभए पछि यसरी नाङ्गै भएर राती खेतमा गएर हलो जोत्न परेको कुरा सहभागी महिलाले बताएका छन् । उनीहरु भन्छन्- यो हाम्रो अन्तिम अस्त्र थियो, प्रयोग गर्यौं, हल्का पानी पनि पर्यो।
कपिलवस्तु नगरपालिका-२ को कभर्डहल पछाडी राती १० बजे पछि करिब पचास जना महिलाले नाङ्गै भएर हलो जोतेको स्थानीय कृष्ण बारालले बताए । त्यस्तै डेरवा गाउँका महिलाले पनि त्यतिकै संख्यामा हलो जोतेको कुरा स्थानीय दमाल चौहानले बताएका छन् । प्रायः सबै यसरी महिला नाङ्गै भएर हलो जोत्दा गोरु नारिदैन । महिला आँफै नारिएर जोत्छन् र तिनलाई खाजा पुर्याउनका लागि गाउँकै कुनै बालकलाई महिलाका भेषमा पठाइन्छ । खाजा पुर्याउने बालकले खाजा दिन थाल्दा महिलाले ढीलो आएको भनेर हकार्छन्, गाली गर्छन् । अनि महिलाको भेषमा रहेको बालकले घरमा बच्चालाई दूध खुवाउन परेको, लीपपोत गर्न परेको, पाहुना पाछा उम्काउन परेकोले ढिला भएको जवाफ दिन्छ । त्यो जवाफ चित्त नबुझेर उस्लाई हलो जोत्नेहरुले लखेट्छन् ।
2006-08-19
11:53:43
·
6 answers
·
asked by
Anonymous
in
Cars & Transportation
➔ Maintenance & Repairs